पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

  पहिलोपेज

 421 पटक हेरिएको

काठमाडौं, १८ फागुन । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको शनिवार राति ९.५० मा निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता अधिकारीको निधन भएको नेकपाका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि, अधिकारीको निधनको औपचारिक घोषणा भने यो समाचार तयार पार्दासम्म गरिएको छैन ।

कार्यालय सचिव श्रेष्ठका अनुसार पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउने सम्पूर्ण प्रयास विफल भएको छ । अधिकारीलाई अहिले भेन्टिलेटरमा राखिएको छ । पूर्वअर्थमन्त्री अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको हो । गत माघ २४ गतेदेखि अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

पूर्वअर्थमन्त्री अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । यसअघि शनिबार दिउँसो ह्याम्स अस्पतालले पत्रकार सम्मलेन गर्दै अधिकारीको अवस्था नाजुक भएको जानकारी दिएको थियो । अस्पतालले अधिकारीलाई बचाउन नसक्ने बताएको थियो ।

स्व. अधिकारी एमालेको ९ महिने सरकारको पालामा अर्थमन्त्री हुनुभएको थियो । त्यतिबेला उहाँले ल्याएको वृद्धभत्ता निकै चर्चित र लोकप्रिय बनेको थियो । उनले ल्याएको बृद्धभत्ता अहिले पनि कायम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार