सभामुख महरा ऊर्जामन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न नर्भिकमा

  पहिलोपेज

 512 पटक हेरिएको

काठमाडौं, १६ फागुन । सभामुख कृष्णबहादुर महराले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटलमा पुगी सभामुख महराले मन्त्री पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

हस्पिटलका डा. यादव भट्टसहितको टोलीसँग सभामुख महराले पुनको अवस्थाका बारेमा जानकारी लिएका थिए । उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि आज हस्पिटलमै राख्ने बताएको सभामुख महराले बताए ।

अपरान्ह स्वास्थ्यमा केही समस्या देखिएपछि मन्त्री पुनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार