नेकपाको कर्णाली प्रदेशसभा दलले दियो मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जली

  पहिलोपेज

 389 पटक हेरिएको

काठमाडौं, १६ फागुन । नेकपाको कर्णाली प्रदेश सभा दलको बैठकले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने सातैजनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दलका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा वीरेन्द्रनगरस्थित दलको कार्यालयमा बसेको बैठकले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

ताप्लेजुङमा हिजो भएको हेलिकोप्टर दुर्घटनामा दिवंंगत भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पार्टीका केन्द्रीय सदस्य रविन्द्र अधिकारी लगायत दिवंगत महानुभावहरुप्रति २ मिनेट मौनधारण गर्दै शुरु भएको बैठकले शोक प्रस्ताव समेत पारित गरेको छ । दलको बैठकले पारित गरेको शोक प्रस्तावमा भनिएको छ, ‘‘यही मिति २०७५ फाल्गुन १५ गते नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परी उहाँलगायत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै यो बैठक उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार