राजमो अध्यक्ष चित्रबहादुर केसीले दिए मन्त्री अधिकारीलाई श्रद्धाञ्जली

  पहिलोपेज

 605 पटक हेरिएको

काठमाडौं, १५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष केसीले एक शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

अध्यक्ष केसीले दुर्घटनामा ज्यान गुमाउने सातैजनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘‘राष्ट्रिय जनमोर्चालाई यो घटनाले सारै दुखित र मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘‘मन्त्री अधिकारीसहित मृत्यु हुने सबैप्रति राष्ट्रिय जनमोर्चाले हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार