बजारमा एकछत्र हस्तक्षेप गर्न मन्त्री बिना मगरको यस्तो निर्देशन

  पहिलोपेज

 832 पटक हेरिएको

काठमाडौं, १५ फागुन । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यवसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिएकी छन् । नेपाल खानेपानी संस्थानको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् ।

मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पुराउन नयाँ कार्ययोजनासहित अघि बढ्न आग्रह गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘’संस्थानले आफ्नो उपस्थिति बजारमा एकछत्र बनाओस् । यहाँहरु सबैले सामान्य कार्ययोजना होइन, ठूलो सपना देखेर अघि बढ्नुहोस् । संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वको अनुभूति हुने गरी काम गर्नुहोस् ।’’

संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले सबैमा आग्रह गरिन् । संस्थानप्रति आफू आशावादी रहेको उल्लेख गर्दै संस्थानको भूमिका बढाउन मन्त्रालय सधैं तयार रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार