ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

  पहिलोपेज

 567 पटक हेरिएको

काठमाडौं, १५ फागुन । पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा रहेका ७ जनाकै निधन भएको छ ।

काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । दुर्घटनाग्रस्ते हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ७ जना सवार रहेको बताइएको छ । मन्त्री अधिकारीसहित ७ जनाकै मृत्यु भएको बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ । सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट एयर डाइनेष्टीकै अर्को हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ गएका छन् ।

मन्त्री अधिकारी र चालकसहित ७ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार