नेपालीको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयरधनी

  पहिलोपेज

 515 पटक हेरिएको

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘‘जनताको जलविद्युत आयोजना’’ कार्यक्रम उदघाटन गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी ः हरेक नेपाली जलविद्युतको शेयरधनी’ भन्ने नारा तय गरिएको छ ।

यो कार्यक्रममार्फत छरिएर रहेको पूँजी एकीकृत गरी जलविद्युत क्षेत्रमा राष्ट्रिय पूँजी निर्माण गर्ने उद्देश्य सरकारले लिएको छ । स्वदेशी लगानीमा नेपालभित्रै ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यो कार्यक्रमका लागि सरकारले १९ वटा आयोजना छनोट गरिसकेको बताएको छ । जसमा ६ अर्बभन्दा बढी लगानी रहने छ । कार्यक्रमको उदघाटनमा प्रधानमन्त्री ओलीले भने, ‘‘यो गतिशील ठाउँमा पैसा लगानी गर्ने बेला हो । यो अर्को ऐतिहासिक कार्य हो ।’’ ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि नेपाल हरेक दिन एक कदम अघि रहेको समेत प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले अब खल्तीमा पैसा नभएको कोही पनि नहुने दाबी गर्दैै भने ‘‘देशमा हामी रोजगारका अवसरहरू सिर्जना गर्छौं । बेरोजगारलाई जीवन निर्वाह भत्ता पनि दिन्छौं’’, उनले भने, ‘‘खल्तीमा पैसा नहुने नेपाली हुँदैनन् । पैसा हुँदै भएन भने पनि सरकारले दिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार