एयरपोर्टमा श्रमिकको झिटिझाम्टो जफत भएपछि रेखाले भेटिन् मन्त्री (ज्ञापनपत्रको पूर्णपाठसहित)

  पहिलोपेज

 680 पटक हेरिएको

काठमाडौं, १ फागुन । विदेशबाट स्वदेश फर्किने नेपाली श्रमिकहरुको झिटिझाम्टो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत हुन थालेको समाचार आएपछि आक्रोशित बनेकी नायिका रेखा थापाले रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेकी छन् । नायिका थापाले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विदेशबाट फर्किने नेपालीहरुले ल्याएका दैनिक उपभोग्य सामानहरुसमेत जफत भइरहेको ध्यानाकर्षण गराउँदै त्यस्तो नगर्न सरकारसँग आग्रह गरेकी छन् ।

ज्ञापनपत्र बुझाइसकेपछि नायिका थापाले आफ्नो फेसबुक वालमा लेखेकी छन्, ‘‘संसारभरि रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइले नेपाल फर्किदा त्रिभुवन विमानस्थलमा झोलाझिम्टी र सामान जफत भएको बिषयमा गत सातादेखि आवाज उठिरहेको छ । श्रमिकमाथि हुने असम्मान व्यवहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन नेपाल सरकारका माननीय रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई आज मन्त्रालयमा भेटेर हजारौं श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाइयो ।’’ उनले लेखेकी छन्, ‘‘पत्र बुझ्नेबित्तिकै माननीय मन्त्रीले अर्थ मन्त्रालयसँग समन्वय शुरु गर्नु भएको छ । पहलको लागि श्रमिकहरुको अभिभावक मन्त्री बिष्टलाई धन्यवाद । नतिजाको पर्खाइमा !’

ज्ञापनपत्रको पूर्णपाठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार