घाइते सांसदलाई भेट्न सभामुख महरा र नेकपा सचेतक चौधरी हस्पिटलमा

  पहिलोपेज

 953 पटक हेरिएको

काठमाडौं, २६ माघ । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नं. प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्था बुझेका छन् ।

सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । घाइते सांसदको उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।

भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । साथै परिवार र आफन्तहरुलाई नआत्तिन आग्रह गरेका थिए । सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभाका सदस्य शान्ता चौधरी पनि मेडिसिटी हस्पिटल पुगेकी थिइन् ।

दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुकी घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए । अहिले मेडिसिटी हस्पिटलको आइसियूमा राखेर उनको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार