किवानिज अर्ध बार्षिक सम्मेलन सम्पन्न, बालबालिका राष्ट्रका आधार स्तम्भ– अध्यक्ष श्रेष्ठ

  पहिलोपेज

 290 पटक हेरिएको

काठमाडौँ, २६ माघ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले बालबालिका राष्ट्रका आधारस्तम्भ भएको बताएका छन् । किवानिज इन्टरनेशनल नेपालको अर्ध बार्षिक सम्मेलनको उद्घाटन गदैँ उहनले किवानिजको पहिलो प्राथमिकतामा बालबालिकालाई राख्ने अभियानस्वरुप सन् २०१६ देखि नेपालमा सक्रियकरुपमा काम गदैँ आएको उल्लेख गरे ।

राजधानीमा शनिबार एक कार्यक्रमबीच किवानिज इन्टरनेशनल नेपाल र क्लबहरुले गरेका कामको मूल्याङ्कन गर्न आयोजित अर्ध बार्षिक सम्मेलन आयोजना गरिएको थियो । ‘बच्चाहरुको बीचमा पुगेर उनीहरुको प्रत्यक्ष सेवा गर्दा त्यो खुशी आफूलाई अनुभूति हुन्छ, जुन खुशी सायदै अरु केही काममा हुन्छ । बालबालिका नै देशको समाजका भविष्य भएका हुँदा उनीहरुको उज्वल भविष्य नै हाम्रो समाजको भविष्य हो । त्यसैले बच्चाहरुलाई राम्रो वातावरण दिनु र मिलाइदिनु निर्कै नै महत्वपूर्ण हुन्छ’ अध्यक्ष श्रेष्ठले भने ।

किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले क्लबहरुको प्रगति विवरण प्रस्तुत गदैँ भने, ‘किवानिज क्लव विश्वव्यापी सञ्जाल भएको स्वयंसेवी संस्था नेपालमा नितान्त आफ्नै सामूहिक पहलमा स्रोतसाधन संकलन गर्दै विभिन्न सामाजिक अभियानमा किवानिज क्लवहरु अग्रसर रहेका छन् ।’ किवानिज इन्टरनेशनल नेपालको अर्ध बर्षिय सम्मेलनका संयोजक तथा क्षेत्रगत प्रमुख तीर्थकुमार सिंहले बालबालिकाको सेवा गर्ने उद्देश्य बोकेर स्थापना भएको किवानिजका क्लवहरुले शिक्षा, स्वास्थ्य र नेतृत्व विकासको क्षेत्रमा सन् २०१६ देखि समाजिक रुपान्तरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

‘सन् २०२० मा नेपालमा हुने किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलनको प्रारम्भिक तयारी भइरहेको छ । यसमा हामी सबैको सक्रिय पहल हुनु जरुरी छ’ उनले भने । सम्मेलनमा साँस्कृतिक कार्यक्रम, कविता वाचन, गजल वाचन लगायतका विविध कार्यक्रम आयोजना गरिएको थियो । हाल किवानिज इन्टरनेशनल नेपालका हालसम्म देशभर ३० वटा किवानिज क्लव गठन भएका छन्, जसमा ५ सय ६५ सदस्य आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार