समृद्धिको अभियानमा लाग्न नगर प्रमुख पाण्डेको अाग्रह

  नारायण भण्डारी

 547 पटक हेरिएको

गतुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले समृद्धिको अभियानमा लाग्न सहकारी संस्थाहरुलाई आह्वान गरेका छन् । उपमहानगरको सहकारी शाखाले बिहिबार आयोजना गरेको छलफल कार्याक्रमा नगर प्रमुख पाण्डेले तुलसीपुरलाई समृद्ध शहरका रुपमा विकास गर्न सहकारीको भुमिका महत्वपूर्ण भएको भन्दै त्यो दिशामा लाग्न आग्रह गरेका हुन् ।

मेयर पाण्डेले सहकारीको संख्या भन्दापनि संस्थामा आवद्ध शेयर सदस्य र पूँजीलाई एक बर्षमा दोब्बर बृद्धिगर्नेगरी लाग्न आग्रह गरे । ‘कम्तिमा पाँच हजार सदस्य र हालको पूँजीलाई दोब्बर गर्न तपाईहरु लाग्नुस्, सहकारीको सवलीकरणकालागि उपमहानगर तयार छ,’ मेयर पाण्डेले भने ।

उनले सदस्य र पूँजी बृद्धि, व्यवसायको प्रर्वधन, शुसासनको सुरुवात र समन्वयमा उदाहरणीय काम गर्न उनले सहकारीका अभियान्ताहरुलाई आग्रह गरे । पाण्डेले पाँच हजार शेयर सदस्य पु¥याउने सहकारीलाई ५० हजार पुरस्कारको घोषणा समेत गरेका छन् ।

उपमहानगरको सहकारी विभागका संयोजक टोप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सहकारी क्षेत्रले राज्यलाई तिरेको करलाई सहकारीको शवलिकरणमा खर्च गर्न आग्रह गरेका थिए । उनीहरुले लामो समय देखि सहकारीको अनुगमन, नियमन, दर्ता र खारेजी जस्ता प्रकृया नभएको भन्दै तत्काल यी प्रकृया सुरु गर्न उपमहानगरलाई सुझाव दिएका थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले सहकारी शाखामा कर्मचारी अभाव हुँदा नियमित काम गर्न केही असहज भएको भन्दै कर्मचारी समायोजनले यो समस्या समाधान हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा सहकारी शाखाका प्रमुख नारायण रेग्मीले उपमहानगरका सबै सहकारीहरुलाई समयमा लेखापरिक्षण र साधारणसभा गरी प्रतिबेदन पेश गर्न आग्रह गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिकामा विभिन्न प्रकृतिका एक सय ५८ सहकारी संस्थाहरु रहेका छन् । ती मध्य २९ वटाले मात्रै साधारणसभा गरेको र ११ वटाले मात्रै लेखा परिक्षण गरेको विबरण पेश गरेको सहकारी शाखा प्रमुख रेग्मीले जानकारी दिएका छन् ।

कार्यक्रममा बचत तथा ऋण जिल्ला संघका अध्यक्ष रुपबहादुर खत्री, जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारी, लेखा समिति सदस्य हेमराज गाैतम, सहकारी कर्मीहरु शुरेन्द्र खड्का, कर्णबहादुर वली, मनिकर्णा न्याैपाने, शालिकराम रजाैरे लगायतले सुझाव राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार