राष्ट्रिय जनमोचा दाङले विभिन्न ठाउँहरुमा बिरोध सभा गर्ने

  पहिलोपेज

 800 पटक हेरिएको

दाङ, १० माघ । राष्ट्रिय जनमोर्चा दाङले विभिन्न ठाउँहरुमा विरोधसभा गर्ने भएको छ । ‘‘संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ ! महङ्गी, हिंसा र बलात्कारको अन्त्य गरौं’’ भन्ने मूल नाराका साथ विरोधसभा गर्न थालिएको हो ।

यसक्रममा भालुबाङमा माघ १९ गते विरोध सभा हुने भएको छ । शाही घोषणा भएको कालो दिन समेत भएकोले बिरोधको प्रतिकका रुपमा देशभरि नै बिरोध सभा हुँदैछ । आज बसेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङको बैठकले उक्त कार्यक्रम तय गरेको हो ।

यसैगरी प्राकृतिक स्रोतसाधनहरुको अनियन्त्रित दोहन बढेकोले त्यसको विरोध गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा केन्द्रीय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक स्रोतसाधनको अनियन्त्रित दोहनको विषयलाई लिएर जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने र कोणसभा गरिने भएको छ ।

उक्त कार्यक्रम घोराहीमा माघ १५ गते, तुलसीपुरमा १६ गते, लमहीमा १७ गते, राप्तीमा १८ गते, गढवा २० गते र राजपुरमा २२ गते हुनेछ । यसैगरी बैठकले युवा विद्यार्थीले सञ्चालन गरेको साङ्गठानिक अभियानलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार