‘हेल्प मधेशी’द्वारा दलित, जेहेन्दार छात्रछात्रालाई शैक्षिक सामग्री

  निरंजन साह

 878 पटक हेरिएको

जनकपुरधाम, १० माघ । वैदेशिक रोजगारीमा श्रम गर्ने श्रमिकहरुको संस्था ‘हेल्प मधेशी’नामकद्वारा २० जना दलित, विपन्न, जेहेन्दार छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।

महोत्तरी जिल्लाको बथनाहास्थित भैयादाइ गुलाबदाइ लोचनदाइ जनता माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा उक्त सामग्री वितरण गरिएको थियो ।

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष समेत रहेका उमेश साहको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिलकुमार मिश्र र महिला नेतृ अर्चना झाको विशिष्ट आतिथ्य तथा हेल्प मधेशीका अध्यक्ष राम उदगार यादवको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरविन्द ठाकुर, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता धर्मेन्द्र ठाकुर र शिक्षक अशोक झा लगायतका वक्ताले हेल्प मधेशी संस्थाको यस कार्यको सराहना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार