सरकारको विरोधमा जनकपुरमा तरुण दलको जुलुस प्रदर्शन

  पहिलोपेज

 863 पटक हेरिएको

जनकपुरधाम, ९ माघ । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले जनकपुरधाममा बुधबार सरकारको विरोधमा जुलुस प्रदर्शन गरेको छ ।

जनकपुरमा नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्केको विरोध जुलुसमा तरुणदेखि बृद्धसम्मको सहभागिता रहेको थियो । पार्टी कार्यालयबाट निस्केको सो जुलुस मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल तरुण दलको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको समेत उपस्थित रहेको थियो । सो विरोध कार्यक्रम सातवटै प्रदेशको आयोजनामा भएको थियो ।

मुलुकमा भइरहेकोे व्यापक भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, अत्यधिकरूपमा बढाइएको कर, प्रेसमाथिको हस्तक्षेप, वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार लगायतको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या लगायतका अनेकौं महिला हत्या हिंसाका घटना एवं गैरकानुनी अलोकतान्त्रिक, संविधानविपरीतका कार्यहरुको विरुद्धमा पनि सो विरोध कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त विरोध कार्यक्रममा नेपाली कांंग्रेसका नेता आनन्द ढुंगाना, रामकृष्ण यादव, दिनेश प्रसैला यादव, नेपाली कांग्रेसका युवा नेता प्रफुल्ल घिमिरे, जनकपुरधाम नगर सभापति मनोज साह, ललन चौधरीको उपस्थिति रहेको थियो । तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, धनुषा जिल्ला अध्यक्ष सञ्जयलाभ कर्ण, उपाध्यक्ष राकेशविक्रम साह लगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार