प्रहरी इन्काउन्टरमा मारिएका चौधरी तराई मुक्तिमोर्चाका अध्यक्ष

  निरंजन साह

 925 पटक हेरिएको

जनकपुरधाम, ९ माघ । प्रदेश नम्बर दुईको सप्तरी जिल्लामा प्रहरी इन्काउन्टरमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । इन्काउन्टरमा मारिनेमा तराई मुक्तिमोर्चाका अध्यक्ष दीपेन्द्र चौधरी रहेका छन् ।

मारिएका चौधरी सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर– ६ कडरबोनाका हुन् । अन्दाजी ३५ वर्षीय चौधरी जवाफी कारवाहीमा मारिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बिहान ४ः३० बजे सप्तरीको रुपनीनजिकै भएको मुठभेडमा चौधरीले पटकपटक प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । तराईमा आपराधिक गतिविधि, चन्दा असुली लगायतका क्रियाकलापमा संलग्न रहेको आरोप उनीमाथि लागेको थियो ।

मृतक चौधरीको खोजी कार्य जारी रहेकोमा गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा मुठभेड भएको थियो । पछि इन्काउन्टर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार