धनुषामामा मोटरसाइकल दुर्घटनामा ३ जना घाइते

  पहिलोपेज

 415 पटक हेरिएको

जनकपुरधाम, ४ माघ । जनकपुरको दक्षिणकाली मन्दिर अगाडि मोटरसाइकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

जनकपुरको दक्षिणकाली मन्दिर अगाडि शुक्रबार बिहान करिब ११ बजेको समयमा बसहियाबाट आउँदै गरेको ज ८ प १९२१ नम्बर डिस्कभर र जनकपुरबाट जाँदै गरेको ज ९ प ६६२१ नम्बरको पल्सर मोटरसाइकल एकापसमा ठोकिदा २ जना घाइते भएका हुन् । घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का ३५ बर्षीय धर्मान्द ठाकुर र उनका बुवा ६० बर्षीय हिरेन्द्र नारायण ठाकुर रहेका छन् ।

घाइतेहरु मध्य २ जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । अन्य १ जनाको नाम खुल्न नसकेको व्यक्तिको उपचार जानकी हेल्थ केयरमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार