अनेशिसंघ दाङको छैठौं परिषद फागुन १८ गते हुने

  पहिलोपेज

 423 पटक हेरिएको

दाङ, ४ माघ । अखिल नेपाल शिक्षक संघ दाङको छैठौं जिल्ला परिषद २०७५ फागुन १८ गते हुने भएको छ । अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष भानु जीएमको अध्यक्षतामा आज लमहीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले २०७५ माघ मसान्तसम्म सदस्यता नवीकरण गर्ने, दाङका सबै स्थानीय तहमा समिति गठन गर्ने, दाङका सबै सामुदायिक विद्यालयमा अध्यापनरत निजी स्रोत शिक्षकहरुको तलव भत्ता सम्बन्धित स्थानीय तहबाट उपलब्ध गराउन पहल गर्ने लगायतका निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार