सल्यान कपुरकोटका एक व्यक्ति शव पर्वतमा भेटियो

  पहिलोपेज

 508 पटक हेरिएको

सल्यान, ३ माघ । सल्यान जिल्लाको कपुरकोटका एक व्यक्ति मृत अवसमा पर्वतमा फेला परेका छन् । सडक निर्माणको काममा पर्वतको कुश्मा गएका कपुरकोट– ४ धनवाङका ४२ वर्षीय पदमबहादुर घर्ती मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

कुश्मा नगरपालिका– १३ खौला भन्ने स्थानमा नुहाउन भन्दै मंगलबार निक्लिएका उनी बुधबार मृत अवस्थामा फेला परेको कपुरकोट ४ का वडा सदस्य चित्रबहादुर थापाले जनाएका छन् । उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।

मृतक पदम मंसिर २९ गते काम गर्न पर्वत गएका थिए । मृत शवको पर्वतमै पोष्टमार्टम गरेपछि त्यहीँ अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ । मृतक पदमका आमा, श्रीमती र ४ छोरीहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार