जनकपुरबाट आयो दुखद खबर : सीमा र उनकै २ वर्षीया छोरी गौरीको यस्तो रहस्यमय मृत्यु

  निरंजन साह

 990 पटक हेरिएको

जनकपुरधाम, ३ माघ । प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधाममा आमा–छोरीको रहस्यमय मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की सीमा शर्मा र उनकी २ वर्षीया छोरी गौरीको रहस्यमय मृत्यु भएको हो ।

सीमाको माइती पक्षले दाइजोका कारण विष खुवाएर छोरी र नातिनीको हत्या गरेको आरोप लगाएको छ । श्रीमती र छोरीको मृत्यु भएपछि सीमाका श्रीमान समीर मिश्र फरार रहेका छन । समीर फरार हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

पहिलेदेखि नै दाइजोका कारण समीरले सीमालाई दुःख दिने गरेको माइती पक्षको भनाइ रहेको छ । सीमा र छोरीको विषसेवनबाट मृत्यु भएको खुलेको छ । सीमाको गत मंगलबार र छोरीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीले जानकारी दिएका छन् ।

समीर फरार भएपछि प्रहरीले सीमाकी सासु किरण मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषाको प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार