पर्वतको मालढुङ्गा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

  पहिलोपेज

 418 पटक हेरिएको

काठमाडौं, ३ माघ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुङ्गामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ३ जनाको घटनास्थलमै र ४ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस आज बिहान सवा ८ बजे पर्वतको मालढुङ्गा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये गभीर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । अन्यको बागलुङमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । साँघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार