पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि

  पहिलोपेज

 2454 पटक हेरिएको

काठमाडौं, २ माघ । फेरिएको परिवेशमा पोखराका महिलाहरुले यौन सन्तुष्टि पूरा गर्ने नयाँ तरिका अपनाएका छन् । श्रीमान विदेश गएको र अविवाहित युवा समेत विदेशतिर लागेपछि यहाँका महिलाहरुले यौनसुख प्राप्त गर्ने नयाँ तरिका अपनाउन थालेका हुन् ।

पोखराका महिला तथा युवतीहरुले अपनाएको त्यो तरिका बिल्कुलै नयाँ भने होइन । उनीहरु सेक्स टोयको प्रयोग गर्न थालेका हुन् ।

आफू विदेश जानुअघि आफ्नी श्रीमतीलाई सेक्स टोय किनेर श्रीमानहरुले नै लगिदिने गरेको पनि पाइएको छ । कतिपय आमाहरुले आफ्नै छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि सेक्स टोय खरिद गर्न आउने गरेको तथ्य खुलेको छ ।

यौनसन्तुष्टि प्राप्त गर्न यौन सामग्री सेक्स टोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिनेहरुको भीड लाग्ने गरेको छ ।

कतिपयले फोनबाट यौन सामग्रीको विषयमा जानकारी लिन्छन् । कतिपय चाहिँ पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताएका छन् । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको भट्टराईले बताए ।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभव छ । यसको ३० प्रतिशत ग्राहक विदेशी पनि छन् । अधिकांश विदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताए ।

नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय रहेको बताइएको छ । नेपालका विभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेको बताइएको छ । काठमाडौंको सुन्धारा र पोखराको लेकसाइडमा मात्रै पसल भए पनि अर्डरअनुसार निःशुल्क होम डेलिभरीको सुविधा पनि रहेको भट्टराईले जानकारी दिए ।

सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अति नै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेमसहितको सेक्स त हुँदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ’ पसल सञ्चालकहरु यसो भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार