कसरी हुँदैछ राप्रपाको १५ दिने ‘मेची महाकाली राष्ट्रिय स्वाभिमानी यात्रा’ ?

  पहिलोपेज

 1243 पटक हेरिएको

काठमाडौं, २ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्दैछ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बिस्तारित बैठकले उक्त यात्राका लागि आवश्यक निर्णयहरु गरेको छ ।

बैठकले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भब्य, व्यवस्थित र उपलब्धिमूलक बनाउन अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, विभागका प्रमुखहरु, भातृ संगठनका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरेको छ । मूल समिति अन्तर्गत विभिन्न १८ वटा उपसमितिहरु गठन गरिएको छ । मूल आयोजक समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ रहेका छन् ।

त्यसैगरी विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । जसमा बाह्य जिल्ला परिचालन समितिको संयोजकमा भास्कर भद्रा, सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी रहेका छन् । अर्थ समितिको संयोजकमा उद्धव पौडेल, सदस्य सचिवमा तीर्थलाल चटौत, प्रचारप्रसार समितिको संयोजकमा मोहन श्रेष्ठ, सदस्य सचिवमा सुजित के.सी., झाँकी निर्माण तथा गाडी व्यवस्थापन समितिको संयोजकमा इन्द्र चित्रकार, भोजन व्यवस्थापन समितिको संयोजकमा भक्ति सिटौला, सदस्य सचिवमा विनोद भारती रहेका छन् । त्यसैगरी कार्यक्रम व्यवस्थापन तथा सभा सञ्चालन समितिको संयोजकमा राजाराम बर्तौला, सदस्य सचिवमा रमानन्द न्यौपाने, आवास ब्यवस्थापन समितिको संयोजकमा राजेश गिरी, सदस्य सचिवमा अम्बिका अधिकारी, उपत्यका परिचालन तथा समापन समारोह समितिको संयोजकमा विक्रमबहादुर थापा सदस्य सचिवमा नवराज सिंखडा रहेका छन् । सामाजिक संजाल परिचालन समितिको संयोजकमा भरतप्रसाद पाठक, सहसंयोजकमा बिजय खड्का, सदस्य सचिवमा श्रीधर सुवेदी, धार्मिक अनुष्ठान सञ्चालन समितिको संयोजकमा पुष्पराज पुरुष, सदस्य सचिवमा सुजन अधिकारी, साँस्कृतिक तथा भजन व्यवस्थापन समितिको संयोजकमा राजसागर, सदस्य सचिवमा गोविन्द डंगोल रहेका छन् ।

यसैगरी उद्घाटन समारोह व्यवस्थापन समितिको संयोजकमा तेज कुरुम्बाङ, सदस्य सचिवमा अमृत सवादेन, ट्राफिक व्यवस्थापन समितिको संयोजकमा उद्धव थापा, सदस्य सचिवमा हरिहर श्रेष्ठ, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समितिको संयोजकमा राजेन्द्र अधिकारी, सदस्य सचिवमा विष्णु बजगाई, कलश शोभा यात्रा व्यवस्थापन समितिको संयोजकमा कुन्ती कुमारी शाही, सहसंयोजकमा निना भेटवाल, स्वयंसेवक एवं युवा परिचालन समितिको संयोजकमा प्रकाश रिमाल, सहसंयोजकमा केदार धमला, सदस्य सचिवमा महेशबहादुर सिंह, बौद्ध धर्म समन्वय समितिको संयोजकमा लालध्वज लामा, सदस्य सचिवमा राम थोकर रहेका छन् ।

राप्रपाले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको रुपमा कायम गर्न हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरिरहेको राप्रपा केन्द्रीय प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । यसक्रममा आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन हुनेछ र हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियानलाई देशका सबै स्थानीय तहसम्म पु¥याउने उद्देश्यले माघ १३, १४ र १५ गते जनजागरण अभियान र सभा गर्ने निर्णय गरिएको बताइएको छ । यसका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइएको छ । केन्द्रीय कार्यसमितिमा रहेका प्रत्येक सदस्यले कम्तिमा एक दिन आफ्नो स्थानीय तहमा अनिवार्य रुपले सहभागी हुनुपर्ने निर्णय गरिएको प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार