मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालक घाइते

  पहिलोपेज

 429 पटक हेरिएको

दाङ, २ माघ । घोराही उपमहानगरपालिका १३ दमारगाउँस्थित बसपार्कबाट दमारगाउँतर्फ जादै गरेको रा ३ प ७६७४ नं. को मोटरसाइकलले ठक्कर दिँदा ७ वर्षीय बालक विक्रम घर्ती घाइते भएका छन् । घाइते बालक पैदल यात्री रोल्पाको लापा घर भएका बलबहादुर घर्तीका छोरा हुन् ।

मोटरसाइकलले बालक घर्तीलाई बुधवार दिउँसो साढे ३ बजेतिर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते बालकलाई उपचारका लागि कोहलपुर पठाइएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार