मन्त्री यादवको कुटाई खाएका सचिव विद्यानाथ झा अस्पतालमा

  निरंजन साह

 466 पटक हेरिएको

जनकपुरधाम, ३० पुस । प्रदेश नम्बर दुईका सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको कुटाई खाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

कुटपिटबाट शरीरमा गम्भीर समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दायाँ हातको कुनै हाड भाँचिएको जस्तो पीडा भएकाले सचिव झा रातिदेखि नै अस्पताल भर्ना भएका हुन् ।

शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताए । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाले आफ्नो पीडा बताए ।

मन्त्री यादवले भने अनुकूलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश नम्बर दुईका सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार