प्रदेश नम्बर २ मा मकर संक्रान्ति तथा माघी पर्वको दिन सार्वजनिक विदा

  निरंजन साह

 579 पटक हेरिएको

जनकपुरधाम, ३० पुस । प्रदेश नम्बर दुईको सरकारले मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश नम्बर दुईको सोमबार बसेको मन्त्रीपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा माघ १ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जातीय तथा धार्मिक÷सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । सोही उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार