नेकपा शान्तिनगरको सचिवमा गोविन्द भण्डारी निर्विकल्प सिफारिस

  पहिलोपेज

 487 पटक हेरिएको

दाङ, २९ पुस । दाङको शान्तिनगर गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवमा गोविन्द भण्डारी सचिवमा निर्विकल्प सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शान्तिनगर गाउँपालिकाको सचिवमा माओवादी केन्द्रका तत्कालीन सचिव गोविन्द भण्डारी सर्वसम्मत सिफारिस भएका हुन् ।

पश्चिम दाङका शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा अध्यक्ष पूर्व नेकपा एमालेबाट हुने र सचिवमा पूर्व नेकपा माओवादी केन्द्रबाट हुने सहमति अनुसार माओवादीले बबई गाउँपालिकामा डिल्ली बुढाथोकी, दंगीशरण गाउँपालिकामा धनवीर चौधरीलाई सिफारिस रहेको थियो । शान्तिनगर गाउँपालिकामा भने राधिका परियार, खगेन्द्र शर्मा र गोविन्द भण्डारी गरी ३ जनाको दावी रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी ५ नम्बर प्रदेश कमिटीका सदस्य भीमबहादुर वलीको विशेष पहलमा शान्तिनगर गाउँपालिकाको कार्यालयको बैठक बसी बृहत् छलफल पश्चात सचिवको विवाद टुंगिएको हो । नेकपा माओवादी केन्द्रका तत्कालीन अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता एवं ५ नम्बर प्रदेशका नेता भीमबहादुर वलीको विशेष उपस्थितिमा बसेको बैठकले भावी गाउँपालिका इन्चार्जमा पनि सिफासिर गरेको छ ।

शान्तिनगर गाउँपालिकाबाट जिल्लामा सिफारिस भएका ५ जनामध्ये जिल्लाको बैठकले जसलाई निर्णय गर्छ उसैलाई मियो मानेर अघि बढ्ने उद्देश्यले सिफारिस भएका पाँचै जनाको नाम सिफारिस गरेको छ । जसअनुसार राधिका परियार, गोपाल भण्डारी, खड्कबहादुर सुनार, नेबबहादुर रोका र मोहन वलीलाई सर्वसम्मत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार