आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुटे सचिव

  निरंजन साह

 668 पटक हेरिएको

जनकपुरधाम, २९ पुस । प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि कुटपिट गरेका छन् ।

आइतबार आफ्नै कार्यकक्षमा बोलाएर उनले कुटपिट गरेका हुन् । मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताएका छन् ।

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशयपत्र दिएका थिए । त्यसमा चालीसवटा संस्था छनोट भएका छन् ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सचिवलाई मन्त्रीले झापड हान्दा प्रदेश दुईका सभामुख सरोज यादव पनि मन्त्रीको कार्यकक्षमै उपस्थित रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार