लाष्टिक जलाउँदा आफ्नै अनुहार भयो यस्तो कुरुप

  पहिलोपेज

 4008 पटक हेरिएको

दाङ, २८ पुस । प्लाष्टिक जलाउँदा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार जलेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै अनुहार जलेको हो ।

काठेकोहल चोकबाट पसल सार्ने क्रममा पसलबाट निस्किएका प्लाष्टिकजन्य वस्तु जलाउँदा उनको अनुहार जलेको हो । चौधरीले पटकपटक सडकमै फोहर जलाउँदै आएका थिए । प्लाष्टिक जलाउँदा प्लाष्टिकमा भएको केमिकल उछिट्टिएर मुखमा परेपछि चौधरीको अनुहार जलेको हो । चौधरीको अनुहार चिन्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार