दाङ जिल्ला उद्योग वाणिज्य संघमा ब्युटिसियन उपसमिति

  पहिलोपेज

 779 पटक हेरिएको

दाङ, २८ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले ब्युटिसियन उपसमिति गठन गरेको छ । ब्युटिसियनहरुको एक भेलाले ब्युटिसियन उपसमिति गठन गरेको हो ।

संघमा भएको भेलाले बबिता खनालकोे अध्यक्षतामा ११ सदस्यीय ब्युटिसियन उपमिति गठन गरेको हो । जसको उपाध्यक्षमा गोमा योगी, कोषाध्यक्षमा शारदा त्रिपाठी, सचिवमा माया न्यौपाने रहेका छन् । सदस्यहरुमा सुलोचना प्रधान, याङ्सु गिरी, सुधा मल्ल, ज्ञानमाला जीएम, शोभा गौतम, विजया पाण्डे र पवित्रा खनाल पाण्डे रहेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका महिला सदस्य बिन्दु दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्युटिसियन उपसमितिका अध्यक्ष बबिता खानालले समितिको बारेमा प्रकाश पारेकी थिइन् । संघका कार्यसमिति सदस्य धनपति शर्माकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य पीताम्बर शमौले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन संघका कार्यसमिति सदस्य रामप्रसाद पोख्रेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार