पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्र

  पहिलोपेज

 575 पटक हेरिएको

काठमाडौं, २६ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्मित पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको आज एक कार्यक्रमका बीच एनआरएनएले महासंघलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनआरएनएलाई धन्यवाद दिँदै पुस्तकालय निर्माणको मुख्य श्रेय पुस्तकालयको परिकल्पना तथा सुरुवात गर्नैलाइ जाने बताए । उनले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताए ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले विश्वका ठूलाठूला पुस्तकालयलाई अनुशरण गर्दै महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको निर्माण गरिएको बताए । अध्यक्ष भट्टले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरोन्नति गरिने पनि बताए ।

पे्रस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाहरुका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए । कार्यक्रममा एनआरएनएका प्रवक्ता भूषण घिमिरे तथा सल्लाहकार डा.हेमराज शर्माले पुस्तकालय पत्रकारहरुका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने विश्वास व्यक्त गरे । नेपाल राइब्रेरी फाउन्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालयलाई आगामी दिनमा समेत सहयोग गरिने बताए । एनआरएनएले पुस्तकालयका लागि आश्यक फर्निचर, कम्प्यूटर लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार