दाङमा पनि स्वास्थ्यकर्मीसहितको सुविधासम्पन्न एम्बुलेन्स

  शरद रेग्मी

 1057 पटक हेरिएको

तुलसीपुर, २५ पुस । दाङमा पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । जिल्लाको तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिले पुस महिनाको दोस्रो सातादेखि जिल्लामै पहिलोपटक ‘क’ वर्गको सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिए ।

आइसियु, भेन्टीलेटर, काड्र्रियाक्सन, नेबुलाइजर, इसिजी लगायत बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको डाक्टर खत्रीले बताए । अन्य एम्बुलेन्स भन्दा धेरै सेवा र सुविधा भएको तर भाडामा भने त्यति धेरै फरक नपर्ने उनले बताए ।

सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसँगै गम्भीर घाइते र विरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने पश्चिम दाङबासीहरुले अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार