साइपाल डटकमका सम्पादकलाई साइबर क्राइम मुद्दा, महासंघको आपत्ति

  पहिलोपेज

 689 पटक हेरिएको

काठमाडौं, २४ पुस । समाचारको विषयलाई लिएर बझाङबाट सञ्चालित साइपाल अनलाइनका सम्पादक गणेश विकलाई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाएको छ । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको सचिव प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघ बझाङ शाखाका अनुसार स्थानीय प्रहरीको बारेमा समाचार प्रसारण गरेको भन्दै प्रहरीले पुस १९ गते सम्पादक विकलाई पक्राउ गरेको हो । उनलाई साइबर क्राइमसम्बन्धी मुद्दा लगाउन काठमाडौं पुराइएको छ ।

‘समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप हो’, महासंघले भनेको छ । ‘महासंघ पत्रकार पक्राउको कडा भत्र्सना गर्दै पत्रकार विकलाई तत्काल रिहा गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार