प्रदेश नम्बर दुईको ट्राफिक अवस्था अनुगमन, निरीक्षणमा पुगे डिआइजी

  निरंजन साह

 503 पटक हेरिएको

जनकपुरधाम, २४ पुस । प्रदेश नम्बर दुईको ट्राफिक अवस्था अनुगमन तथा निरीक्षणका लागि ट्राफिक निर्देशनालय काठमाडौंका प्रमुख डिआइजी पूर्णचन्द्र जोशी मंगलबार जनकपुर आइपुगेका छन् ।

डिआजी जोशीले यहाँ स्मार्ट तरिकाले काम गर्न मातहतका ट्राफिक कार्यालयलाई निर्देशन दिएका छन् । जोशीले भने, ‘अहिले समग्रमा हेर्दा मुलुकभरि नै दुर्घटना बढेका छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे हामी चिन्तित छौं ।’

धनुषा ट्राफिक कार्यालय जनकपुरधाममा पत्रकारसँग जोशीले भने, ‘हामी अहिले प्रदेश नम्बर दुईका सम्पूर्ण ट्राफिक कार्यालयमा निरीक्षण गर्दैछौं ।’ ट्राफिकबारे आम जनताको बुझाई र ट्राफिकको कामकर्तव्य कस्तो हुँदैछ भन्ने बुझ्न प्रदेश नम्बर दुईका आठवटै जिल्लामा निरीक्षण गर्न लागेको जोशीले भने । डिआजी जोशी मंगलबारै सिराहा र सप्तरी पनि जाँदैछन् ।

डिआजी जोशीले जनकपुरमा ट्राफिक व्यवस्थापनबारे नागरिक समाज, पत्रकार र सर्वसाधारणसँग छलफल गरेका छन् । छलफलमा नागरिक समाज, पत्रकार, धनुषा ट्राफिक प्रमुख दीपक साहलगायत सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार