कमल थापाले गरे सबै धर्मको यस्तो साझा पार्टी बनाउने घोषणा

  पहिलोपेज

 624 पटक हेरिएको

काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । सोमबार पार्टीको आदिवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजातिबीचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दू, बौद्ध, किराँत, मुस्लिम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दावी गरे ।

राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु रहेको स्वीकार गर्दै नेता थापाले तिनलाई चिरेर अगाडि बढ्न आवश्यक भएको बताए । अध्यक्ष थापाले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको दावी गर्दै सबै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने समेत थापाले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनले सम्पूर्ण आदिवासी जनजातिको भाषा, लिपिको संरक्षण र सम्बद्र्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए । सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु अटाउन सक्ने एजेण्डा राप्रपाले अख्तियार गरेकोले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न सबैलाई आग्रह गरे ।

आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तीमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार