खेलसँगै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न मन्त्री मगरको आव्हान

  पहिलोपेज

 442 पटक हेरिएको

कञ्चनपुर, २३ पुस । खानेपानी मन्त्री बिना मगरले खेलसँगै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न युवाहरुलाई आग्रह गरेकी छन् ।

कञ्चनपुरको बेलौरीस्थित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद सँगसँगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडि बढाउनु पर्ने बताएकी हुन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले भनिन् ‘हामी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आव्हान गर्छु ।’

मन्त्री मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा सञ्चालन गर्न पहल भइरहेको बताए । प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर युथ क्लबले कैलालीको टिमलाई पराजित गरेको थियो । एड्भेन्चर युथ क्लबले कैलालीको टिमलाई ३÷१ ले जितेको हो । विजेता टिमका खेलाडीहरुलाई मन्त्री मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार