यसरी हुँदैछ नेपाल आइस विन्दास म्युजिक अवार्ड २०७६

  पहिलोपेज

 600 पटक हेरिएको

काठमाडौं, २३ पुस । यस वर्ष ‘नेपाल आइस बिन्दास म्युजिक अवार्ड २०७६’ धनगढीमा हुने भएको छ । आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार उक्त कार्यक्रममा विभिन्न २२ विधामा अवार्ड वितरण गरिने छ । कार्यक्रमबारे विस्तृत जानकारी हेर्नुहोस् ः

१) कार्यक्रमको शिर्षक :– नेपाल आईस विन्दास म्युजिक अवार्ड २०७६
२) कार्यक्रम संचालन हुने मिति: २०७५ चैत्र १ र २ गते
३) कार्यक्रम संचालन गरिने स्थान:– धनगढी उप–महानगरपालिकामा सञ्चालन गरिने छ ।
४) कार्यक्रमको अवधी:  २ दिनको हुनेछ ।
५) कार्यक्रमको बारेमा जानकारी:–
उपरोक्त सम्बन्धमा यहि मिति २०७५ चैत्र १ र २ गते घोडाघोडी मिडिया संचार समुह ( बिन्दास मिडिया ) को आयोजनामा धनगढी उप–महानगरपालिका २ धनगढी कैलालीमा दोस्रो पटक राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुन गईरहेको छ । यस कार्यक्रम संचालन गर्न हामीलाई मुख्य प्रायोजकको रुपमा नेपालको प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गरी सहयोग गरेको छ । सो अनुरुप कार्यक्रमको नामाकरण नेपाल आईस बिन्दास म्युजिक अवार्ड २०७६ गरिएको छ । यस्तै हस्पिटालिटी पार्टनरमा पल्पसा क्याफे, सेक्युरिटी पार्टनरमा बिकास सेक्युरिटी सर्भिस प्रा.ली. रहेको छ । अन्य सह–प्रायोजक प्रायोजकहरु संग सम्झौताहुने क्रम पनि जारी रहेको अवगत गराउन चाहन्छौं । नेपालमा पहिलो पटक गत बर्ष देखि थारु चलचित्र, म्युजिक भिडियो, तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्य सहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो अवार्डले थारु इतिहास बनाउनेमा हामी बिश्वस्त छौं । यस्तो कार्यक्रम थारु समुदायमा अहिले सम्म नेपालमा भएको थिएन । र यो अवार्ड कार्यक्रमले थारु सामुदायको कला संस्कृति संरक्षण तथा विकासमा टेवा पु¥याउने छ ।

६) कार्यक्रमको आवश्यकता :–
समयसंगै हाम्रा मौलिक कला, संस्कृति तथा संस्कार पनि परिवर्तन हुदै गएका छन । संस्कृति समयनुसार परिवर्तन हुनु स्वभाविक हो । तर कैयौं हाम्रा थारू कलाकारहरू र संस्कृतिहरु पूर्ण रुपले लोप हुने अवस्थामा पुगिसकेका छन । र भविष्यमा यसको अवस्था के हुने भन्ने चिन्ताको विषय बन्दै गएको छ । हामी, हाम्रो संस्कृति निकै धनी छ भनेर भन्छौं । हाम्रो संस्कृति भनेर गर्व पनि गछौं । तर हाम्रो मौलिकता ह्रास हुदै गएको कुराप्रति गम्भीर नहुनु हाम्रो ठूलो विडम्वना हो । यसको खास कारण बाह्य संस्कृति प्रभाव नै हो । तर हामी हाम्रै संस्कृतिप्रति रुचि नराख्नु पनि हामी दोषीको भागीदार हौं ।

अहिले विभिन्न जाति, समुदायको मिश्रित बसाईका कारण पनि हाम्रो संस्कृति मिश्रित संस्कृतिको रुपमा रुपान्तरित हुदै गएकोछ । बाह्य संस्कृतिको प्रभाव पनि उत्तिकै पर्दै गएको छ । हाम्रो संस्कृतिभित्र रहेका मौलिकता हाम्रो निजी पहिचान हो । जहा हाम्रो कला, संस्कृति रीति–रिवाज, चाल–चलन, लवाई–खवाई, संस्कार र जीवन पद्दतिसंग सम्बन्धित हुन्छ । र कलाकारका माध्यम बाट लोक कला सरंक्षण र सम्बद्र्धन गर्न कलाकारहरुलाई प्रोत्साहन गर्न आवश्यक देखिएकाले हामीले सानो प्रयास गरेका छौ ।

 

७) कार्यक्रमको उद्देश्यहरु :
– कार्यक्रममा थारु संस्कृति संरक्षण र सम्वर्धनकोलागि विभिन्न थारु झाँकिहरु प्रस्तुत गरिने ।
– कार्यक्रममा कलाकारहरुले विभिन्न विधामा आफ्नो कला संस्कृतिप्रतिको मोह र प्रतिभालाई निरन्तरता दिइरहेकाले नेपालमा रहेका थारु गीत, संगित र कला संग सम्बन्धित क्रियाशील कलाकारहरूलाई अवार्ड दिइने छ ।
– युवा पुस्तामा बढ्दै गई रहेका विकृतिलाई कम गर्ने प्रयास गर्ने तथा दस्तावेजिकरण गर्ने ।
– परम्परागत थारु लोक कला संस्कृति र आधुनिक कला लाई नजिकबाट नियाल्ने र अध्ययन गर्ने ।
– युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्ने ।
– थारु समुदायको लोक कला तथा कलाकारलाई देश विदेशमा चिनाउने ।
– संस्कृति तथा पर्यटन प्रर्वधनमा बढुवा दिने ।

८. कार्यक्रमको उपलब्धि/प्रतिफल
– कलाकारिताबाट युवाहरुमा थारु लोक कला संस्कृति प्रति रुचि बढ्ने छ ।
– युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्न सहयोग मिल्नेछ ।
– परम्परागत थारु लोक कला संस्कृतिको निरन्तरतामा सहयोग पुग्नेछ ।
– युवाहरुमा थारु लोक कला पुस्तान्तरण तथा दस्तावेजिकरणमा सहयोग पुग्ने छ ।
– कलाकारहरुलाई प्रोत्साहन र कलाको अस्तित्व बचाउनमा सहयोग ।
– थारु लोक कला संस्कृतिबारे अध्ययन अनुसन्धानमा सहयोग ।
– थारु समुदायको लोक कला संस्कृतिलाई देश विदेशमा चिनाउन सकिने ।
– पर्यटन प्रर्वधनमा बढुवा मिल्ने छ ।

६. कार्यक्रमको क्षेत्र तथा लाभान्वित वर्गहरु :–
यस कार्यक्रममा नेपाल अधिराज्यभरी तथा विदेशमा छरिएर रहेका सम्पुर्ण थारु तथा गैरथारु व्यक्ति, थारु कलाकारिता क्षेत्रमा लागेका समुदाय लगायत विभिन्न तह र तप्काका व्यक्तिहरु, युवापुस्ताहरुले भाग लिन र थारु समुदायको नँचगान, चलचित्र, गित संगित लगायत कलाकारहरु बारे जान्न र बुझ्न पाउने छन ।

८.कलाकारहरुलाई सम्मान गर्ने विधाहरु : 
१.सर्बोत्कृष्ट आधुनिक गायन (पुरुष)
२.सर्बाेत्कृष्ट आधुनिक गायन (महिला)
३.सर्बोत्कृष्ट लोक गीत गायन (पुरुष)
४.सर्बोत्कृष्ट लोक गीत गायन (महिला)
५.सर्बोत्कृष्ट पप गायन (पुरुष)
६.सर्बोत्कृष्ट पप गायन (महिला)
७.सर्बोत्कृष्ट गायन ९पुरुष०
८.सर्बाेत्कृष्ट गायन ९महिला०
९. सर्बाेत्कृष्ट फिल्म स्कृप्त लेखक
१०.सर्बोत्कृष्ट गीतकार
११.सर्बोत्कृष्ट फिल्म निर्देशक
१२.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१३..सर्बोत्कृष्ट संगीतकार
१४.सर्बाेत्कृष्ट छायांकार
१५.सर्बोत्कृष्ट दृश्य सम्पादन
१६.सर्बोत्कृष्ट नव प्रतिभा (पुरुष)
१७.सर्बोत्कृष्ट नव प्रतिभा (महिला)
१८. सर्बाेत्कृष्ट गीत २०७५
१९. सर्बोत्कृष्ट मोडल (पुरुष)
२०.सर्बोत्कृष्ट मोडल (महिला)
२१.सर्बाेत्कृष्ट युगल मोडल.
२२.सर्बाेत्कृष्ट कला पत्रकारिता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार