धर्मनिरपेक्षताको पक्षमा युवक संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  पहिलोपेज

 519 पटक हेरिएको

काठमाडौं, १७ पुस । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ दाङले जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष चित्रबहादुर महतराको नेतृत्व र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा विवादास्पद युनिभर्सल पिस फेड्रेसनको आयोजनामा भएको एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बिरोध गरिएको छ ।

धार्मिक सहिष्णुता, सामाजिक न्याय र एकतामाथि खलल पुग्ने देखिएकोले धर्म निरपेक्षता विपरीतका कार्यहरु रोक्न माग गरिएको छ । संघीयता नेपालको सन्दर्भमा गलत ब्यबस्था भएकोले खारेज गर्न पनि माग गरिएको छ । स्थानीय तहमा भएको अनियमितता रोकी पारदर्शितामा ध्यान दिन माग गरिएको छ । बढ्दो युवा बेरोजगार र विदेश पलायनलाई रोक्न र उत्पादनको काममा हौसला प्रदान गर्नुपर्ने कुरामा पनि ज्ञापनपत्रमा जोड दिइएको छ ।

यसैबीच आजै बसेको युवक संघ दाङको बैठकले आउँदो माघ महिनाभरि ‘‘जागौ युवा लागौ युवा’’ भन्ने नाराका साथ एक महिने विशेष संगठन निर्माण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको योजना बनाउनको लागि माघ ४ गते लमहीमा जिल्ला भेला गर्ने निर्णय गरिएको छ । साथै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले चर्कोरुपमा शुल्कवृद्धि गर्नुका साथै पाउँदै आएको सेवा समेत कटौती गरेकोले सेवा कटौती होइन पाउँदै आएको सेवालाई निरन्तरता दिनुका साथै थप सेवासुविधा थप्नुपर्ने र बढेको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार