बागलुङमा आँखा अस्पताल बनाउन जापानमा नयाँ वर्ष साङ्गीतिक साँझ

  वीरेन्द्र केसी

 670 पटक हेरिएको

जापान, १४ पुस । बागलुङको गल्कोटमा आँखा अस्पताल बनाउन जापानमा नयाँ वर्ष साङ्गीतिक साँझ हुने भएको छ । साङ्गीतिक साँझको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

अंगे्रजी नयाँ बर्षको पूर्वसन्ध्यामा जापानको सिजुओकामा हुन लागेको साङ्गीतिक साँझको तयारी अन्तिम चरणमा पुगेको छ । गल्कोट समाज जापानले नयाँ बर्षको अवसर पारेर जापानका चार शहरमा गर्न लागेको कार्यक्रम अन्तर्गत सिजुओकामा डिसेम्बर ३० तारिखमा साङ्गीतिक साझ हुन लागेको हो ।

गल्कोटमा आँखा अस्पताल भवन निर्माण तथा शैक्षिक जागरणका लागि गर्न लागिएको कार्यक्रमअन्र्तगत सिजुओकामा सिजुओका स्टेशन नजिकै रहेको लाइभ रोक्सीमा अपरान्ह ३ बजेदेखि शुरु हुने कार्यक्रम ९ बजेसम्म चल्नेछ ।

कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, लोकगायक विष्णु खत्री, लोकगायिका जुनाश्री र हाँस्यकलाकार जितु नेपालको प्रस्तुति रहने छ । भिआइपी टिकट १ मान र साधारण टिकट ३ हजार यन तोकिएको र आजसम्म टिकट नलिएकाहरुले कार्यक्रमस्थलमै पनि टिकट लिन सकिने गल्कोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए ।

सिजुओका आसपास बस्नेहरुका लागि गतिलो मनोरन्जनसँगै समाज सेवामा सरिक हुने मौका जुरेकोले सबैलाई उपस्थितिका लागि केसीले अनुरोध समेत गरेका छन् । योसँगै डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोक्योमा कार्यक्रम हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार