धनुषाका अपांगहरुले पाए कम्बल र जर्सी

  निरंजन साह

 450 पटक हेरिएको

जनकपुरधाम, १४ पुस । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाले अपांगहरुलाई कम्बल तथा जर्सी वितरण गरेको छ ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको सहयोगमा धनुषा शाखाले ४१ जना अपांगहरुलाई कम्बल र शाखाका कार्यसमितिमा रहेका अपांगहरुलाई जर्सी वितरण गरिएको हो ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष मोहन मैजुको प्रमुख आतिथ्यमा आरम्भ भएको कम्बल तथा जर्सी वितरण कार्यक्रममा उहाँले पुस माघ महिनामा हुने कटकटाउँदो जाडोबाट जोगिनको लागि यसपालि आफूहरुले कम्बलको व्यवस्था गरेको बताए ।

उनले भने संघीय सरकारले हरेक प्रदेशका अपांगहरुलाई पुनस्र्थापनका लागि ५०–५० लाख रुपियाँ बिनियोजन गरेको बताउँदै सो रकमबाट जनकपुर शाखाले कार्यक्रम सञ्चालनका लागि सहयोग पाउने आशा रहेको जानकारी गराए ।

त्यस अवसरमा केन्द्रीय महासचिव यज्ञप्रसाद उप्रेती, केन्द्रीय उपमहासचिव शिव दाहाल, केन्द्रीय कोषाध्यक्ष नन्दकिशोर महासेठ, केन्द्रीय सदस्य इन्द्रकुमार झा लगायतले आगामी दिनमा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ अग्रसर हुँदै जाने बताए ।

धनुषा शाखा अध्यक्ष शिवचन्द्र साहले आफ्नो अध्यक्षीय मन्तव्य राख्दै अगामी दिनमा कम्तिमा एक हजार अपांगलाई पुग्नेगरी कम्बल वितरणको लागि व्यवस्था मिलाइदिन केन्द्रीय अध्यक्षसँग आग्रह गरे । उनले धनुषा जिल्लामा १५ देखि २० हजार अपांग हुनसक्ने अनुमान गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार