विदेशमा गएका लाखौं नेपालीबारे राप्रपा अध्यक्ष कमल थापाको यस्तो प्रश्न

  पहिलोपेज

 488 पटक हेरिएको

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखौं दक्ष जनशक्तिलाइ विदेशमा राखेर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । पार्टीको प्रवास विभागद्वारा काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासीहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रवासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रिने ७ खर्ब रुपैयाँलाई राष्ट्रको बृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने समेत स्पष्ट पारे ।

अध्यक्ष थापाले मुकुकको आर्थिक समृद्धिमा प्रवासीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै लाखौं सिर्जनशील नेपालीलाई मुलुक बाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने दाबी गरे । नेपालको कुल आयको ३० प्रतिशत रेमिट्यान्सको रुपमा देशमा भित्रिरहेको र नेपाली जनसंख्याको ठूलो हिस्सा विदेश पलायन हुनु तथा रेमिट्यान्सको सही सदुपयोग नहुनु चिन्ताको बिषय बनेको बताए ।

राप्रपा बैचारिक दृस्टिकोणबाट मात्र फरक नभएको चर्चा गर्दै खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रूपमा आत्मसात गरेको बताए । राजनैतिक, सामाजिक र आर्थिक दृस्टिकोणबाट राप्रपा फरक पार्टी बनाउन आफूहरु लागिपरेको र जनतालाई बुझाउन मेहनत गर्नुपर्ने आबश्यकता औंयाए ।

कार्यक्रममा अर्थविदद्वय श्याम खड्का र सुजीव शाक्यले प्रस्तुति दिएका थिए । विभागका प्रमुख बिजय खड्काको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध ब्यक्तिहरुले अन्तरक्रियामा भाग लिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार