प्रदेश दुईलाई स्वास्थ्यको क्षेत्रमा नमूना प्रदेश बनाउन स्वास्थ्यकर्मीको हातः मन्त्री साह

  निरंजन साह

 506 पटक हेरिएको

जनकपुरधाम, १२ पुस । प्रदेश नम्बर दुईलाई स्वास्थ्यको क्षेत्रमा नमूना प्रदेश बनाउने जिम्मेवारी हेल्थ असिस्टेन्ट कर्मचारीहरु रहेको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताएका छन् ।

जनकपुरधाममा विहीवार हेल्थ असिस्टेन्ट संघ नेपालद्वारा आयोजित ‘प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया’ कार्यक्रमम मन्त्री साहले सो कुरा बताएका हुन् । मन्त्री साहले प्रदेश नम्बरको स्वास्थ्यकर्मीहरु देशभरि भएपनि आफ्नै प्रदेशमा स्वास्थ्य सेवा दिन कमजोर परेको औल्याउँदै भने, ‘‘यो प्रदेशमा स्वास्थ्यको डाटा हेर्ने हो शिशु मृत्युदरबाट स्पष्ट हुन्छ ।’’

शिशु मृत्युदरले यो प्रदेश स्वास्थ्य क्षेत्रमा निक्कै पछाडि परेको स्पष्ट देखिएको उनले बताए । मन्त्री साहले हेल्थ असिस्टेन्टहरुको हकहितका लागि प्रदेश सरकार काँधमा काँध मिलाएर चल्न तयार रहेको भन्दै इमान्दारीपूर्वक बिरामीहरुको सेवामा लाग्न आग्रह पनि गरेका छन् । उनले राम्रो संगठन बनाएर यस प्रदेशलाई स्वास्थ्य क्षेत्रमा राम्रो पहिचान बनाउन आग्रह पनि गरेका छन् ।

त्यस्तै सप्तरी संघ नेपालका कार्यवाहक अध्यक्ष वीरेन्द्र यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा संघको उद्देश्य, नेपालमा स्वास्थ्य जनशिक्तको अवस्था, व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी जानकारी गराएका थिए । भेला तथा अन्तरक्रिया कार्यक्रममा आठवटै जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रथम प्रदेश स्तरीय भेला तथा अन्तरिक्रया कार्यक्रमबाट घोषणापत्र समेत तयार गर्ने केन्द्रिय सदस्य दीपेन्द्र खड्काले बताएका छन् । कार्यक्रममा प्रदेश नम्बर दुईका स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमोद यादवसहितले आआफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार