हाम्रो संस्कृति र एकताबाट अरु मुलुकले धेरै कुरा सिक्नुपर्छ : खानेपानी मन्त्री मगर

  पहिलोपेज

 630 पटक हेरिएको

कञ्चनपुर, १० पुस । खानेपानी मन्त्री बिना मगरले गणतन्त्र नेपाल र धर्म निरपेक्ष मुलुक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको बताएकी छन् । त्यही कारणले यसलाई संस्थागत गर्नुपर्ने उनको धारणा छ ।

क्रिसमस दिनको अवसरमा कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताएकी हुन् । धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उनले बताइन् । मन्त्री मगरले भनिन्, ‘‘हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ । सबै जातजाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध रहेको छ । सबैबीच समानता छ । यही नै हाम्रो विशिष्टता हो ।’’

हाम्रो संस्कृति र एकताबाट अरु मुलुकले धेरै कुरा सिक्न सक्ने उनको भनाइ छ । हामीले छिटोभन्दा छिटो विकास गर्नुपर्ने र समृद्ध नेपाल बनाउनुपर्ने भएकाले यस दिन सरकारले बिदा नमनाउने घोषणा गरेको उनले स्पष्ट पारिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार