सत्तारुढ दलकै विद्यार्थीहरुले किन दले क्याम्पसका प्रमुखलाई कालोमोसो

  निरंजन साह

 584 पटक हेरिएको

जनकपुरधाम, १ पुस । प्रदेश नम्बर दुईको सत्तारुढ दल राजपा नेपालका विद्यार्थीहरुले जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बिजयलाल दासलाई कालोमोसो दलेका छन् ।

आइतबार रामवरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमा बसेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा कालोमोसो दलिएको हो ।

संघले लामो समयदेखि १९ सूत्रीय माग राख्दै पढाइको माग गर्दै आन्दोलन गर्दै आएको छ । क्याम्पस प्रमुख दासले वास्ता नगरेको भन्दै आक्रोशित विद्यार्थीको समूहले कार्यकक्षमै पसेर कालोमोसो दलेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार