माछापोखरीमा डुबेर वलीको मृत्यु

  पहिलोपेज

 406 पटक हेरिएको

दाङ, २९ मंसिर । मानवनिर्मित माछापोखरीमा डुबेर दाङमा शनिवार एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका– ३ टिकुलीगढमा रहेको माछापोखरीमा डुबेर सोही ठाउँका ४० वर्षीय कुलबहादुर वलीको मृत्यु भएको हो ।

शनिवार बिहान पौने १० बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक कुलबहादुर वलीले चिसोले मरेका माछा उक्त पोखरीको छेउँबाट टिप्न खोज्दा सोही पोखरीमा डुबी मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । प्रहरी टोली उक्त स्थानमा गई पोखरीको पानी पम्पसेटद्वारा फालेर मृत अबस्थामा रहेको लाश बाहिर निकालिएको र कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार