माओ दिवसमा साझा मञ्चले गर्ने विचार गोष्ठी

  पहिलोपेज

 455 पटक हेरिएको

दाङ, २९ मंसिर । आगामी पुस ११ गतेका दिन १२६औं माओ दिवसको अवसरमा विचार गोष्ठी गरिने भएको छ । वाम सहकार्यका लागि साझा मञ्च, दाङको आज घोराहीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

मञ्चका संयोजक सुशील गौतमको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा पेश गर्नको लागि ‘माक्र्सवादको विकासमा माओको योगदान’ विषयक कार्यपत्र लेखनको जिम्मा शशिधर भण्डारीलाई दिएको छ । सो कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्नको लागि कार्यक्रम संयोजकको जिम्मेवारी रामप्रसाद जैसीलाई तोकिएको छ ।

कार्यक्रममा उपस्थितिको लागि माओ विचार वा वादप्रति आस्थावान सम्पूर्ण संस्था र व्यक्तिहरुलाई आमन्त्रण गर्ने निर्णय पनि गरेको छ । कार्यक्रम पुस ११ गते बिहान ११ः३० बजे पत्रकार महासंघ, दाङ शाखाको हलमा हुने कुराको जानकारी कार्यक्रम संयोजक रामप्रसाद जैसीले दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार