चितवनमा संघीय सभामुख तथा सातै प्रदेशका सभामुखहरुको यस्तो जमघट

  पहिलोपेज

 597 पटक हेरिएको

चितवन, २९ मंसिर । चितवनको सौराहामा संघीय संसदका सभामुख कृष्णबहादुर महरासहित सातै प्रदेशका सभामुखहरुको जमघट भएको छ । अन्तर–प्रदेश सभा अनुभव आदान प्रदान तथा अन्तक्र्रियाका लागि त्यस्तो जमघट भएको हो ।

शनिबार दिनभर चल्ने कार्यक्रमको उदघाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल सहभागी छन् ।

यसैगरी कार्यक्रममा सातवटै प्रदेशका सभामुख, उपसभामुखहरुको सहभागिता छ । त्यस्तै, प्रतिनिधिसभाका सचिव र सातवटै प्रदेशसभाका सचिवहरुको पनि सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार