नुवाकोटमा गाडी दुर्घटनाः १६ जनाको ज्यान गयो

  पहिलोपेज

 437 पटक हेरिएको

मंसिर २८, काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफु– १ मा आइचर गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ ।

ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना यात्रुहरु चढेको सो गाडी दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको बताइएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । थप विवरण आउन बाँकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार