तुलसीपुरको जुत्ता पसलमा भीषण आगलागी, पाँच करोडको क्षति

  पहिलोपेज

 600 पटक हेरिएको

दाङ, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिका– ५ वीरेन्द्रचोकस्थित भीमप्रसाद घिमिरेको घरमा भीषण आगलागी भएको छ । जुत्ताको होलसेल पसल अन्नपूर्ण टे«डर्समा भएको उक्त आगलागीबाट करीव ५ करोडको नोक्सानी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट पसल र घरमा भएका सम्पूर्ण सामग्री क्षति भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ६ बजे लागेको आगो बिहान साढे ८ बजे नियन्त्रणमा आएको थियो । आगो निणन्त्रण गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना, स्थानीयवासी खटिएका थिए । आगो लागेको थाहा पाएपछि सबै बाहिर निस्किएकाले मानवीय क्षति भने भएको छैन । प्रहरी नायव उपरीक्षक शाहीका अनुसार विद्युत सर्ट भएर उक्त आगलागी भएको हो ।

उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त, राहत प्रदान
आगलागीको घटनाप्रति तुलसीपुर उद्योग वाणिज्य संघले दुखः ब्यक्त गरेको छ । वाणिज्य संघका सदस्य भीमप्रसाद घिमिरेको आफ्नै घरमा रहेको होलसेल जुत्ता पसलमा आगलागी भएपछि संघले दुःख व्यक्त गर्दै तत्काल ५१ हजार सहयोग गरेको अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए । संघका अध्यक्ष रावतको नेतृत्वमा पीडित घिमिरेको घरमा पुगी ५१ हजारको चेक हस्तान्त्रण गरिएको थियो । उता, तुलसीपुर उद्योग वाणिज्य संघअन्तरगत रहेको ज्ुत्ता चप्पल व्यवसायी उपसमितिले पनि २५ हजार राहत उपलव्ध गराएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरले ११ हजार १ सय १०, रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक्ट क्लव तुलसीपुरले ११ हजार नगद राहत सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार