यस्तो हृदयविदारक घटनाः सोलार पड्किएर तीन छोराछोरीको मृत्युपछि आमाबाबुको काख रित्तो

  पहिलोपेज

 568 पटक हेरिएको

दाङ, २८ मंसिर । दाङको बंगलाचुली गाउँपालिकामा आगलागीमा परेर ३ बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसेका नमराज पुनको घरमा आगलागी हुँदा उनका ७ बर्षीय छोरा कृष्ण पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हाँसीपुरका कार्यालय प्रमुख नन्दराम रानाले जानकारी दिए ।

उक्त आगलागीबाट उनका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन् । घरमा रहेको सोलारको ब्याट्री पड्केर आगलागी भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी ६ बजेतिर घरमा आगो लागेको बताइएको छ ।

गाउँमा पुरुषहरु नभएको, पानीको अभाव र घटनास्थलदेखि प्रहरी चौकी पनि धेरै टाढा रहेका कारण समयमै आगो नियन्त्रणमा लिन नसक्दा धेरै मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय हाँसीपुरले जनाएको छ । प्रहरी चौकी हाँसीपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार