राष्ट्रपति कार्यालयबाट वर्षा पक्राउ, महासंघले भन्यो, प्रेस स्वतन्त्रताविरोधी कार्य

  पहिलोपेज

 674 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाह छन् ।

प्रेस पास बोकेर तस्वीर खिचिरहेका बेला उनलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको थियो । राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लिएर बिरोधस्वरुप गरिएको प्रतीकात्मक कार्यक्रमको फोटो खिच्न उनी त्यहाँ पुगेकी थिइन् ।

नेपाल पत्रकार महासंघले फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरिनुलाई ‘प्रेस स्वतन्त्रताविरोधी कार्य’ भनेको छ । ‘‘स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो’’, महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘महासंघ प्रहरीबाट भएको यस्ता कार्यको घोर भत्र्सना गर्दछ । यस्ता घटना नदोहो¥याउन र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।’’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी खरिद गर्नका लागि सर्वसाधारणसँग एक÷एक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमको फोटो खिच्दै गर्दा वर्षालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बताए ।

‘‘निषेधिक क्षेत्रमा कार्यक्रम गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो’’, प्रसाईंले भने, ‘‘सुरक्षा निकायलाई समेत कार्यक्रमबारे जानकारी नभएकाले नियन्त्रणमा लिएका थियौं ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार